विद्यालयले पायो आर्थिक सहयोग

शिक्षापाटी
शिक्षापाटी ४ भाद्र २०७५, सोमबार
1 Min Read
Aa

म्याग्दी । विदेशमा बसेपनि विदेशी भूमिमा आफ्नो पसिना बगाउन बाध्य भएपनि नेपालको र नेपालीको संधै मायाँ लाग्छ भन्ने कुरा पात्लेखेत घर भई हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका मनप्रसाद शेरचनका परिवारले प्रमाणित गरेका छन् ।  बेनीनगरपालिका–१० पात्लेखेतको दीपक माविलाई शेरचनका परिवारले ३ लाखभन्दा बढी सहयोग गरेको छन् ।
यसअघि विभिन्न समयमा २ लाख सहयोग गरी सक्नुभएको शेरचन परिवारबाट आइतबार थप ३ लाख ५ हजार आर्थिक सहयोग प्राप्त भएको विद्यालयका शिक्षकले बताउनुभयो ।
मनप्रसाद, आमा सतलदेवी, श्रीमती सीता, छोरा सन्दीप शेरचन, बहिनी करुणादेवी गौचन र ज्वाइँ विष्णुप्रसाद गौचनगरी सम्पूर्ण परिवारको तर्फबाट थप आर्थिक सहयोग गरेका हुन् ।
नेपाल विद्युत् प्राधिकरणमा कार्यरत शेरचनका अर्का छोरा इञ्जिनीयर समेत रहेका सन्दीप शेरचनले दुई थान डेक्सटप कम्प्युटर जडान समेत गरेका छन् । उक्त अवसरमा ३० हजार बराबरको शैक्षिक सामग्री समेत वितरण गरिएको थियो । सहयोगदाता शेरचन परिवारलाई विद्यालयले एक कार्यक्रम गरी सम्मान समेत गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

Array