कक्षा ११ को पूरक परीक्षाको नतिजा सार्वजनिक

शिक्षापाटी
शिक्षापाटी १ पुष २०७६, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ,१ पुस । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
बोर्डले २०७६ साल कात्तिक ३० र मंसिर १ गते भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा देशभरबाट १ लाख ४ हजार ३ सय ४६ जना सम्मिलित भएका थिए । जसमध्ये ४ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।
परीक्षाफल हेर्नका लागि नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा प्राप्त गर्न सकिन्छ । यस्तै neb टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर टाइप गरी १६०० मा एसएमएस गर्न सकिन्छ ।
यस्तै वेबसाइटमा www.neb.gov.np,www.neb.ntc.net.np,www.edusanjal.comwww.theconnectplus.com मार्फत् पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array