सिद्धार्थमा खेल सप्ताह सुरु

शिक्षापाटी
शिक्षापाटी १६ पुष २०७६, बुधबार
1 Min Read
Aa

पदम  भुसाल

बुटवल,१६ पुस । बुटवल उपमहानगरपालिकामा रहेको सिद्धार्थ इन्टरनेशनल कलेजमा खेलकुद सप्ताह सुरु भएको छ । खेलकुद सप्ताहमा भलिबल,फुटवल,क्रिकेट, बास्केटबल, टेबलटेनिस,हाजिरी जवाफ लगायतका खेलकुदको प्रतियोगिता भइरहेको कलेजका प्राचार्या डा.डासिरामभण्डारीले जानकारी दिए ।

सन २०१०मा स्थापना भएको कलेजमा बर्सेनि खेलकुद सप्ताह हुने गरेको छ । शैक्षिक क्रियाकलापसँगै शारीरिक विकास लागि र शिक्षाबाट केही दिन विश्राम लिन खेलकुद सप्ताह आयोजना गरिएको उनले बताए । बुधबारसम्म चल्ने सप्ताहमा ३० जना विद्यार्थीहरु विभिन्न विधाका खेल प्रतियोगितामा सहभागि हुने खेल संयोजक विनोद गुप्ताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Array