स्ववियु चुनाव गराउन क्याम्पसहरु तयार, सुरक्षा माग

शिक्षापाटी
शिक्षापाटी २९ पुष २०७६, मंगलवार
1 Min Read
Aa

काठमाडौं,पुस २९ । काठमाडौं , त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सामुदायिक क्याम्पसमा १४ फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा क्याम्पस प्रमुखहरुले ठूला विद्यार्थी संगठनको प्रतिबद्धता र सुरक्षाको माग गरेका छन्।
केन्द्रीय स्ववियु निर्वाचन अनुगमन समितिले स्ववियु चुनाववारे छलफल गर्न सोमबार गरेको उपत्यकाका क्याम्पसहरुको भेलामा प्रमुखहरु स्ववियु चुनाव गराउनुपर्ने पक्षमा देखिए पनि ठूला संगठन अन्तिमसम्म तयार हुनेमा भने आशंका व्यक्त गरेका छन्। विगतका बर्षमा स्ववियु चुनावको तयारी भए पनि अन्तिममा स्थगित भएको स्मरण गर्दै उनीहरुले प्रतिबद्धता र सुरक्षित वातावरण बनाउन आगह गरे।
भेलामा क्याम्पस प्रमुखहरुले नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु र कांग्रेसको विद्यार्थी संगठन नेविसंघ अन्तिमसम्ममा सम्पन्न गराउन सकिने धारणा राखे, यो खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array