त्रिविमा श्रम शिक्षा अध्ययनको लागि भर्ना प्रक्रिया सुरु

शिक्षापाटी
शिक्षापाटी ४ माघ २०७६, शनिबार
1 Min Read
Aa

काठमाण्डौ, ४ माघ ।  त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा श्रम शिक्षा अध्ययनको लागि भर्ना प्रक्रिया सुरु गरेको छ ।

मानविकी तथा सामाजिक शास्त्र संकाय, डीनको कार्यालयअन्तर्गत यही शैक्षिक सत्र २०७६ (सन् २०२०)बाट सञ्चालन हुने श्रम अध्ययन, स्नातकोत्तर कार्यक्रममा पहिलो समूहको रुपमा नयाँ विद्यार्थी भर्ना सुरु गरेको हो ।

माघ पाँच गतेबाट भर्ना आवेदन फारम वितरण सुरु गर्ने र भर्ना हुन इच्छुकले फागुन ४ गते भित्र आवेदन भरेर बुझाइसक्नुपर्ने त्रिविले जनाएको छ ।

श्रम अध्ययन स्नातकोत्तर कार्यक्रममा भर्नाको लागि त्रिवि वा यसबाट मान्यताप्राप्त शैक्षिक संस्थाबाट कुनै पनि विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । प्रवेश परिक्षा र मौखिक परिक्षा उतिर्ण भइ योग्यताक्रम भित्र परेकाले मात्र भर्ना पाउनेछन् ।

श्रम शिक्षा अध्ययन स्नातकोत्तर कार्यक्रमले श्रम र यसका बहुआयामिक सम्बन्धका बारेमा विद्यार्थीलाई सैद्धान्तिक र व्यावहारिक दुवैै विषयमा ज्ञान र सीप सिकाउने लक्ष्य लिएको छ ।

यस्तै श्रमलाई सम्मान गर्दै प्राज्ञिक अध्ययन अनुसन्धान गर्ने, श्रमसम्बन्धी नीतिनिर्माण र कार्यान्वयनका पक्षमा काम गर्न विश्वबजारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य रहेको त्रिविले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array