युवा क्लवको पहलमा गाउँपालिकाकै पहिलो सामुदायिक पुस्तकालय निर्माण

शिक्षापाटी
शिक्षापाटी ८ माघ २०७६, बुधबार
2 Min Read
Aa

गोविन्द प्रसाद भुसाल
बुटवल,माघ ०८ । गुल्मी मदाने गाउँपालिका २ बाझकटेरीमा मदाने सामुदायिक पुस्तकालयको निर्माण भएको छ । स्थानिय मदाने युवा क्लवको समन्वय र मदाने गाउँपालिकाको आर्थिक सहयोगमा पुस्ताकालय निमार्ण गरिएकोे हो ।
युवाहरुको चाहाना र गाउँपालिकामा पहिलो सामुदायिक पुस्तकालयको योजना ल्याएको हुदाँ १३ लाख बजेट सामुदायिक पुस्तकालय निमार्ण गर्नका लागि विनोयोजन गरेको गाउँपालिका अध्यक्ष दान बहादुर के.सीले बताए ।
पर्यटकीय गाउँपालिका तथा गुल्मी,अर्घाखाँची,बाग्लुङ,प्युठानका विभिन्न ठाउँहरु जोड्ने मोटरबाटो र गाउँपालिकाका विद्यार्थीहरुलाई नयाँ किताब पढ्ने बानी समेत बस्र्ने भएकोले सामुदायिक पुस्तकालय प्रभावकारी हुने केसीको
भनाईछ ।
मदाने गाउँपालिका धार्मिक तथा पर्यटकीय गाउँपालिका पनि हो । गाउँपालिका हुदै ढोरपाटन जोड्ने फास्ट ट्रयाक पनि भएको हुदाँ पर्यटकको उपस्थिति पढ्ने भएकोले पुस्तकालय स्थापनाको योजना ल्याएका क्लवका अध्यक्ष जयप्रकाश भुसालले बताए ।
पुस्तकालयमा पत्रपत्रिका,उपन्यास,कथा,निबन्ध,कविता,रमाइलो तथा मनोरञ्जनका किताब,बौद्धिक क्षेमता वृद्धि गर्ने किताब,मनोबल वृद्धि गर्ने खालको किताबहरु,त्यस संगसंगै नर्सरी देखि १२ कक्षाका विद्यार्थीहरुको कोर्स बूकको साथै विभिन्न सन्दर्भ सामाग्रीहरु,नेपाल तथा विभिन्न देशका नक्साहरु,त्यसतै बिश्व प्रसिद्ध किताबहरु राखिने भुषालले जनाकारी दिए ।
मदाने युवा क्लबले विभिन्न सामाजिक कामहरु पनि गर्दै आइरहेको छ । क्लबले निशुल्क आँखा शिविर,बिरामीलाई निशुल्क औषधि वितरण, धार्मिक स्थलहरुमा घण्टी वितरण,बाझकटेरीमा रहेका सम्पुर्ण शैक्षिक संस्थाहरुलाई शैक्षिकसामाग्रीहरु वितरण, बाझकटेरीका प्रत्येक वार्डका महिला स्वयंसेविकाहरुलाइ स्टेचर वितरण गदै आएको छ । यसको मुख्य श्रोत स्वदेश तथा विदेशमा रहेका गाउँपालिका वासीको आर्थिक सहयोग,देउसी भैलो कार्यक्रमबाट संकलन गरेको आर्थिक रहेको क्लबका सचिव बिक्रम जि.म ले बताए ।
मदाने सामुदायिक पुस्तकालयका लागि पुसको अन्तिम साताबाट पुस्तक सङ्कलनको कार्य अगाडि बढाइएको छ।पुस्तकालयमा पुस्तक उपलब्ध गराएर सहयोग गर्न चाहने ब्यक्ति वा संघसंस्थाले मदाने युवा क्लबको सदस्य एवंम सल्लाहकारहरुलाई सम्पर्क गर्न सकिने कुरा समेत क्लबका उपाध्यक्ष शिशिर भुसालले बताए।

प्रतिक्रिया दिनुहोस्

Array