अन्ततः एसईई परीक्षा समेत रोकियो !

शिक्षापाटी
शिक्षापाटी ५ चैत्र २०७६, बुधबार
1 Min Read
Aa

काठमाडौं, ५ चैत । भोलिदेखि सुरु हुने भनिएको एसईई परीक्षा रोकिएको छ । कोरोनाभाइरसको संक्रमणको कारण परीक्षा स्थगित गर्नुपरेको हो । रोकथाम तथा नियमन्त्रण उच्च स्तरीय समितिका अनुसार भोलिदेखि हुने भनिएको परीक्षा रोकिएको हो ।

विभिन्न सरकोकारवाला निकायले यस अघिनै परीक्षा नलिन गरेको आग्रह अटेरगर्दै जबजस्ती परीक्षा लिने निर्णय गरेको थियो ।बुधबार कोरोना संक्रममण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा परीक्षा स्थगित गर्ने निर्णय भएको थिएन ।

स्रोतका अनुसार समितिले गरेको निर्णय प्रधानमन्त्री केपीओलीलाई जानकारी दिन पुग्दा प्रम ओलीले भोलीबाट सञ्चालन हुने एसईई परीक्षा स्थगित गर्न निर्देशन दिनुभएको थियो । लगत्तै नेकपा सचिवालयको बैठकले परीक्षा स्थगित गर्ने निर्णय भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array