चैत मसान्तसम्म विद्यालय र विश्‍वविद्यालय बन्द हुने

शिक्षापाटी
शिक्षापाटी ५ चैत्र २०७६, बुधबार
1 Min Read
Aa

काठमाडौँ, ५ चैत । सरकारले चैत मसान्तसम्म बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय तथा विश्वविद्यालयका पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विश्‍वविद्यालयसहित बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्‍वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।

यस्तै, त्रिवि लगायतका ११ वटै विश्‍वविद्यालय परीक्षाका कार्यक्रम भने यथावत रहने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले कान्तिपुरलाई बताए। बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रमा स्‍वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Array