त्रिविले वैशाख र जेठमा सञ्चालन गर्ने भनिएका परीक्षा स्थगित गर्‍यो

शिक्षापाटी
शिक्षापाटी २८ चैत्र २०७६, शुक्रबार
1 Min Read
Aa

काठमाण्डाै, २८ चैत । त्रिभुवन विश्वविद्यालयले आउँदो वैशाख र र जेठमा गर्ने भनिएका परीक्षा स्थगित गरेको छ । अर्को सूचना नआएसम्मका लागि वैशाख र जेठका सबै परीक्षा स्थगित गरिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका अनुसार २०७७ साल वैशाख र जेठमा सञ्चालन गर्ने निर्णय भएका विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र शिक्षा शास्त्र सङ्कायतर्फका चा वर्षे बीएससी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा स्थगित भएकाे हाे ।

साथै पाेस्ट ग्रेजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी, स्कुल साइकोलोजी र पोस्ट ग्रेजुएट इन वमन स्टडिजका पूरा तथा आंशिक परीक्षा अर्को सूचना नआएसम्मको लागि स्थगित गर्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array