परीक्षा सञ्चालन र विद्यार्थी भर्ना भदौ भरी गर्न नमिल्ने असोजबाट गर्ने प्रस्ताव

शिक्षापाटी
शिक्षापाटी २६ श्रावण २०७७, सोमबार
1 Min Read
Aa

काठमाडौं, २६ साउन । कोरोना भाइरस कोभिड १९  व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट गर्ने प्रस्ताव गरेको छ ।

कोराना भाइरसको जोखिम कायमै रहेका कारण तत्कालका लागि कुनै पनि शैक्षिक गतिवधि गर्न नसकिने भन्दै भर्ना र परिक्षाका कार्यहरु कम्तिमा असोज सम्म सार्न पर्ने प्रस्ताव गरेकाे  हो यसलाई लागु गर्ने नगर्ने भन्नेबारेमा मन्त्रीपरिषदले बैठकबाट निर्णय गर्नेछ ।

सिसिएमसीको आइतबार बसेको बैठकले तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने प्रस्ताव गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको थियो ।

नोवेल कोरोना भाइरस संक्रमित र मृतकको संख्या बढ्दै गएपछि भदौ भरी परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न नमिल्ने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array