‘लन्डन टु पेरिस’मा निश्चलसँग जोडी बाँध्दै साम्राज्ञी

शिक्षापाटी
शिक्षापाटी २२ जेष्ठ २०७९, आईतवार
1 Min Read
Aa

एबी इन्टरनेसनलको ब्यानरमा निर्माण हुने ‘लन्डन टु पेरिस’मा नायक निश्चल खड्कासँग अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहले जोडी बाँध्ने पक्का भएको छ।

यात्रामय आधुनिक प्रेमकथामा निर्माण हुने फिल्ममा यसअघि नै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा र कबिर खड्का फाइनल भएका थिए। शुक्रबार नायक निश्चल पनि पक्का भएको निर्माण टिमले जनाएको छ।

घनश्याम लामिछानेको निर्देशनमा बन्ने फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका छन्।

अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको सिनेमाका सह–निर्माता अजित सिंह हुन्।

प्रतिक्रिया दिनुहोस्

Array