एसिसिए र हिसान बिच सम्झौता

शिक्षापाटी
शिक्षापाटी ५ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa
काठमाडौ श्रावण ०४ गते बिहीबार ।हिसान बाग्मति प्रदेश कमिटी र एसिसिए नेपाल बिच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।काठमाडौको नयाँ बानेश्वरमा अबस्थित द एभरेस्ट होटलमा उक्त सम्झौता पत्रमा एक बिशेष समारोहबिच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो । सम्झौता पत्रमा हिसान बाग्मती प्रदेश कमिटीका तर्फबाट अध्यक्ष भवानी प्रसाद पौडेल र एसिसिए नेपालका तर्फबाट एसिसिए नेपाल प्रमुख रविन कट्वालले हस्ताक्षर गरेका थिए।
समारोहमा बोल्दै हिसान बागमती प्रदेशका अध्यक्ष भवानी प्रसाद पौडेलले उक्त सम्झौता शिक्षक,विद्यार्थी र शिक्षण संस्थाहरुका लागि अत्यन्तै महत्त्वपूर्ण र परणाममुखी रहनेछ भन्नेमा आफू विश्वस्त रहेको र सम्झौता पत्रमा उल्लेखित बुंदाहरुको प्रभावकारी कार्यान्वयनमा दुबै पक्षको इमानदार प्रयास जरुरी रहेको बताए ।
सोही समारोहमा बोल्दै एसिसिए नेपाल प्रमुख रविन कट्वालले हिसान बागमती प्रदेश कमिटीले गर्ने कुनै पनि शैक्षिक उन्नयनका कार्यक्रमहरुमा एसिसिएको कुनै पनि खालको सहकार्य र सहभागिता रहने बताए।
समारोहमा हिसान बागमती प्रदेश कमिटीका उपाध्यक्ष द्वय प्रा. तोया नारायण पौडेल र राजकुमार आचार्य,सचिव आनन्द कुमार यादवले पनि आ-आफ्नो धारणा राखेका थिए।बिशेष अतिथिका रुपमा हिमालयन ह्वाइटहाउस इन्टरनेेशनल कलेज पुतलीसडक काठमाडौंका भाइस प्रिन्सिपल डा. अल्का सापकोटाको उपस्थिति थियोे । समारोहमा सहजीकरण बरिस्ठ शिक्षा पत्रकार एबम् शिक्षासेवी नारायण आचार्यले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

Array