प्रि-डिप्लोमा, डिप्लोमा तथा प्रमाणपत्र तहमा छात्रवृत्तिका लागि आवेदन माग

शिक्षापाटी
शिक्षापाटी २३ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं/२३ साउन-प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले विशेष छात्रवृत्ति कार्यक्रममा प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ । दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका छात्राछात्रहरुलाई प्रि-डिप्लोमा र डिप्लोमा/प्रमाणपत्र तहमा निशुल्क अध्ययन गर्न छात्रवृत्ति कार्यक्रममा प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो ।

नपाल सरकारको बजेट तथा कार्यक्रममा व्यवस्था भए बामोजिम प्रादेशिक सन्तुलन कायम हुनेगरी दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका छात्राछात्रहरुलाई निर्धारित कोटामा प्रि डिप्लोमा १२० जना र डिप्लोमा÷प्रमाणपत्र तहमा २८० जनालाई विशेष छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ ।

सिटिइभिटीले साउन २३ गतेदेखि भदौं ८ गतेभित्र आवेदन दिन सूचित गरेको छ । साथै भदौं १६ गते बिहान ११ बजेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

त्यसैगरी प्राविधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहका छात्रछात्रलाई प्रि-डिप्लोमा र डिप्लोमा÷प्रमाणपत्र तहमा निशुल्क अध्ययनका लागि प्राविधिक शिक्षा बिशेष छाबवृत्ति कार्यक्रममा प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ ।

प्राविधिक शिक्षाको पहुँच नपुगेका ८० स्थानीय तहका प्रि-डिप्लोमा ८० जना, डिप्लोमा/प्रमाणपत्र तहमा १२० जना गरी २०० जनाका लागि निशुल्क अध्ययन गर्न छात्रवृत्तिका लागि प्रवेश परीक्षामा सहभागी हुन आवेदन माग गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array