२८ गतेदेखि अनिश्चितकालिन निजी विद्यालय बन्दको घोषणा

शिक्षापाटी
शिक्षापाटी २३ श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं । विद्यालय शिक्षा ऐन २०८० को मस्यौदाप्रति निजी शिक्षण संस्थाहरुले आपत्ति जनाएका छन् ।

आज (मंगलबार) निजी शिक्षण संस्थाका संगठनहरु प्याब्सन, हिसान तथा नेशनल प्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

विद्यालय शिक्षा ऐनको मस्यौदा लिखित रुपमै सरकारले प्रतिवद्धता नजनाएसम्म घोषित आन्दोलन फिर्ता नलिने जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

यसका साथै देशैभरी सञ्चालित विद्यालयहरू बन्द गर्ने, सवारी साधनसहित सडकमा प्रदर्शन गर्ने जस्ता आन्दोलनका कार्यक्रमहरू गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

त्यस्तै उक्त ऐन संशोधनको माग राख्दै प्याब्सन, हिसान तथा नेशनल प्याब्सनले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

जसअनुसार साउन २३ मा पत्रकार सम्मेलन गर्ने, २४ गते पालिका, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, प्रदेश मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, २५ मा मस्यौदाको विरोध प्रदर्शन गर्ने, २६ मा सरोकारवाला पक्षबीच अन्तरक्रिया तथा छलफल गर्ने, २७ मा आआफ्ना संगठनमा समिक्षा बैठक गर्ने, २८ मा अनिश्चितकालिन विद्यालय बन्द गर्ने, भदौ १ मा अनिश्चितकालिन विद्यालय बन्द तथा विद्यालय सवारी साधनहरु सार्वजनिक स्थलमा पार्किङ गर्ने कार्यक्रमको घोषणा गरिएको छ ।

विज्ञप्ति :

आन्दोलनका कार्याक्रमहरु :

Copied: newsofnepal

प्रतिक्रिया दिनुहोस्

Array