कक्षा १२ को नतिजा २९ गतेभित्र प्रकाशन गर्ने तयारीमा बोर्ड

शिक्षापाटी
शिक्षापाटी २६ श्रावण २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं/२६ साउन-राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा २९ गतेभित्र गर्ने तयारी भइरहेको जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा रहेको र सम्भवत साउन २८ र २९ गते कुनै एक दिनमा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको जनाएका हुन् ।

उनले खबर एजुकेशनसँग कुरा गर्दै भने ‘अहिले परीक्षार्थीको प्रविष्ट गरेका अङ्कहरू रुजु गर्ने काम भइरहेको छ । कुनै प्राविधिक कठिनाई नआए यस वर्षको कक्षा १२ को नतिजा २८ वा २९ गतेभित्र प्रकाशन गर्ने तयारी भइरहेको छ । तर, केही प्राविधिक कठिनाई आए एक दुई दिन बढि लाग्न पनि सक्छ ।’

परीक्षामा करिब चार लाख ६७ हजार ३८९ परीक्षार्थी सहभागी भएका थिए । जसमा ५६ हजारभन्दा बढी परीक्षार्थीले कम नम्बर आएको विषयमा ग्रेड वृद्धि गर्न परीक्षा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array