सामुदायिक विद्यालयका शिक्षकले दिए धर्ना, बुझाए ज्ञापनपत्र

शिक्षापाटी
शिक्षापाटी २९ श्रावण २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं- सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले आज ७५३ पालिकामा धर्नासहित ज्ञापन पत्र बुझाएका छन्।

विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रति असहमति जनाउँदै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा आज  बिहान ११ः०० बजे देखि २ः०० बजे सम्म धर्ना दिदै पालिकामा ज्ञापन बुझाएका हुन्।

आन्दोलनको चरणबद्ध कार्यक्रम अनुरुप पहिलो चरणको पहिलो दिनको कार्यक्रम अन्तर्गत आज पालिकामा धर्ना तथा ज्ञापन पत्र बुझाइएको महासंघले जनाएको छ।

आन्दोलन अन्तरगत महासंघले देशभरमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सामु ३० बुँदे र ५१ बुँदे सहमती पत्र पेस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

Array