कक्षा १२ को ग्रेड वृद्धि परीक्षा फारम खुल्यो

शिक्षापाटी
शिक्षापाटी ३१ श्रावण २०८०, बुधबार
1 Min Read
Aa

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाका लागि आवेदन फारम खुला गरेको छ । मंगलबार परीक्षाफल प्रकाशित गरेको बोर्डले फारम खुला गरेको हो ।

२०८० सालको जेठमा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा नियमित परीक्षार्थीको रूपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले फारम भर्न पाउने छन् ।

बाँकी दुई विषयमा नन् ग्रेडे प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नेले परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।

बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थीका लागि दुई विषयसम्म ग्रेड वृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाइने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array