अबदेखि विद्यार्थीले जुनसुकै प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाउने

शिक्षापाटी
शिक्षापाटी ८ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडाैँ-  विद्यार्थीले जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेमा सच्याउन पाउने भएका छन्। सरकारले यससम्बन्धी नियमावली संशोधन गरी फरक विवरण सच्याउन पाउने व्यवस्था गरेको हाे।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियम, २०८० संशोधन गरेको छ। संशोधनअनुसार अब यसअघिका जुनसुकै समयका प्रमाणपत्र पनि सच्याउन सकिनेछ।

यसअघि प्रमाणपत्र पाएका मितिले ६ महिनाभित्र सच्याउनका लागि दरखास्त दिनुपर्ने प्रावधान थियो। यसलाई पाँच वर्ष बनाइएको छ। तर, पाँच वर्ष नाघेकाकाे हकमा पनि यो नियम लागू भएको एक वर्षभित्र दरखास्त दिए सच्याउन सकिने प्रावधान राखिएको छ।

Copied: edusawal

प्रतिक्रिया दिनुहोस्

Array