राष्ट्रिय पुस्तकालय निर्माण निर्बाध ढंगले अगाडी बढाइनेछ: शिक्षामन्त्री

शिक्षापाटी
शिक्षापाटी १७ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले नेपाल राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई निर्बाध ढंगले अगाडी बढाउन पहल थाल्ने बताएका छन्।

आज काठमाडौंमा आयोजित १६ औं पुस्तकालय दिवस २०८० को अवसरमा शिक्षामन्त्री राईले पुस्तकालय भवन निर्माणमा देखिएको बाधा अड्चनलाई हटाएर राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई अगाडी बढाइने बताएका हुन। मन्त्री राईले पुस्तकालय निर्माणको काममा आइपरेका अवरोधलाई प्रकृयासंगत रुपमा अगाडी बढाइने बताए।

उनले अहिले युवाहरूमा पठन संस्कृतिको अभाव भएको भन्दै युग अनुकूल पुस्तकालयहरूलाई उन्नत गर्दै लैजानुपर्ने देखिएको बताए। मन्त्री राईले केन्द्रीय पुस्तकालय निर्माण भनेर बजेट विनियोजन गरिए पनि निर्माण कार्यमा अवरोध सृजना भएको बताए।

उनले पुस्तकालय दिवसलाई काठमाडौं केन्द्रित नभएर पुस्तकालय भएका स्थानमा पनि मनाउनुपर्ने बताए। पुस्तकालय दिवसले युवा पुस्तालाई ज्ञान आर्जन गर्न पुस्तक पढ्नुपर्छ भन्ने धारणाको विकास गर्न मद्दत पुग्ने शिक्षामन्त्री राईको भनाई छ। पुस्तकालय दिवसको अवसरमा उत्कृष्ट पाठकको रुपमा गोदावरीकी रुक्मिणी चालिसे र पुस्तकालयकर्मी जोगप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो।

Copied: Nagarik Dainik

प्रतिक्रिया दिनुहोस्

Array