विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान सञ्चालनका लागि आवेदन दिन म्याद थप।

शिक्षापाटी
शिक्षापाटी १९ कार्तिक २०८०, आईतवार
2 Min Read
Aa

कार्तिक, १९ काठमाडौँ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठानको स्थापना तथा सञ्चालनका लागि आवेदन दिने समय थप गरेको छ । मन्त्रालयले दोस्रो पटक सूचना जारी गर्दै प्रदेश उच्च शिक्षा ऐन, २०७८ को दफा ८ र ११ तथा प्रदेश उच्च शिक्षा नियमावली, २०७९ को नियम १० बमोजिम विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गर्न सक्ने व्यवस्था भएकोले पुनः सूचना प्रकाशन गर्दै आवेदन माग गरेको हो ।

प्रदेश उच्च शिक्षा ऐन, २०७८ को अनुसूचीमा उल्लिखित विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि आवश्यक पर्ने मापदण्ड तथा पूर्वाधार पुगेका इच्छुक क्याम्पस वा शैक्षिक संस्थाहरूमध्ये स्वास्थ्य ÷ चिकित्सा विज्ञान, विज्ञान प्रविधि (इन्जिनियरिङ समेत), कानुन, पर्यटन र खेलकुदको क्षेत्रमा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना गर्न प्रदेश उच्च शिक्षा नियमावली २०७९ को अनुसुची १ अनुसार आवेदन दिन सकिने जनाएको छ ।

आवेदनका लागि एक लाख मात्र प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको राजस्व खातामा जम्मा गरेको सक्कल भौचर सहित नियमावली २०७९ को अनुसूची २ को ढाँचामा तयार गरेको विधान र ऐन तथा नियमावलीले तोकेका अन्य कागजात सहित अनुसूची ३ को ढाँचामा मङ्सिर १८ गते भित्र मन्त्रालय अन्तर्गत प्रदेश उच्च शिक्षा परिषद्को सचिवालय, हेटौंडामा आवेदन पेश गर्नुपर्ने सुचनामा उल्लेख छ ।

साथै प्रदेश उच्च शिक्षा ऐन २०७८ र प्रदेश उच्च शिक्षा नियमावली २०७९ मन्त्रालयको वेबसाईट www.mosd.bagmati.gov.np बाट डाउनलोड गर्न सकिने छ।

यस्तो छ सूचना ।

Screenshot_20231105-063145_Facebook.jpg

Copied: bidharthi.com

प्रतिक्रिया दिनुहोस्

Array