त्रिवि को ४९औँ दीक्षान्त समारोह पुस २ गते दशरथ रंगशालामा हुने

शिक्षापाटी
शिक्षापाटी ११ मंसिर २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं /११ मंसिर – त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहको कार्यक्रम आगामि पुस २ गते सोमबार त्रिपुरेश्वर स्थित दसरथ रंगशालामा हुने भएको छ ।

समारोहमा २०७९ साल असार १ गतेदेखि २०८० साल जेठ ३२ गते सन् ( १५ जुन २०२२ देखि १५ औं जुन २०२३) सम्ममा स्नातक तहदेखि स्नातकोत्तर उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन् ।

दिक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ–आफ्नो गाउन÷स्कार्फ÷टोपी लगाएर बिहान १०ः०० बजेभित्र समारोह स्थलमा प्रवेश गर्नुपर्ने जनाएको छ । साथै तोकिएको स्थानमा बस्नेपर्ने र विद्यावारिधि (पिएचडी) र दीक्षान्त पदक ÷ पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरू सबभन्दा अगाडिको आफ्नो नाम तोकिएको सिटमा बस्नुपर्नेछ ।

समारोहमा भाग लिने विद्यार्थीलाई तोकिएको गाउन तथा स्कार्फ वितरण मंसिर २४ गते देखि ३० गते सम्म हुने । जसअनुसार छात्रहरूले आफ्नो खुशी पोशाकमा कोट, पाइन्ट, टाइमा र भादगाउँले टोपी सहित त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ/टोपी र छात्राहरूले औपचारिक पोशाक वा साडी,  ब्लाउजमा र त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ/टोपी पहिरिनुपर्ने सुचनामा उल्लेख छ।

यस्तो छ सूचना ।

FB_IMG_1701046879452.jpg

Copied: Bidharthi.com

प्रतिक्रिया दिनुहोस्

Array