विद्यार्थी सोध्छन् : सर ! किताब कहिले आउँछ ?

शिक्षापाटी
शिक्षापाटी १४ मंसिर २०८०, बिहीबार
3 Min Read
Aa

काठमाडौ – भेरी दोभान मावि सानोभेरी रुकुम पश्चिमका विद्यार्थीले हेडसर पूर्णबहादुर वलीलाई दिनहुँ सोध्छन् ‘सर किताब कहिले आउँछ ?’

विद्यार्थीको जिज्ञासालाई वली सरले निरास हुन भने दिएका छैनन् । गाउँपालिकामा किताब मागिसकेकोले चाडैँ आउने भन्दै विद्यार्थीलाई थामथुम पार्दै आएको ओलीले बताए ।

‘अब त त्यही कुरा कति भन्नु ?’ उनले भने ‘पालिकामा सोध्दा आउँदै छ भन्नु भएको छ ।’

उनको  विद्यालयमा ३ सय ३६ मध्ये ९६ जना विद्यार्थीको पाठ्यपुस्तक भुकम्पले पुरिएको छ । ‘उनीहरु कापी मात्रै लिएर आउँछन् । स्कूलमा साथीको पुस्तक हरेर पढ्छन्’ उनले भने  ‘किताब नभएर घरमा पढ्न पनि पाइदैंन । होमवर्क गर्न सकिएन, भन्छन् हामीले के नै गर्न सक्छौं र ।’

jajarkot_2

सानोभेरीका शिक्षा शाखा अधिकृत भुपालसिंह बिष्टले नगरपालिका भित्रका कुनै पनि विद्यालयका भुकम्प पीडित विद्यार्थीले पुस्तक पाउन नसकेको बताए ।

‘प्रदेशमा माग गरेको हो अहिलेसम्म केही आएको छैन’ उनले भने ।

सानोभेरीको ४६ वटा विद्यालयमा भुकम्पले क्षति भएको छ ।

भुकम्पले भेरीदोभान माविमा जस्तै रुकुम पश्चिममा ३ सय १९ विद्यालयमा क्षति भएको छ । यी विद्यालयमा अध्ययन गर्ने १८ हजार २ सय ५० विद्यार्थी भुकम्पबाट प्रभावित भएका छन् ।

त्यस्तै जाजरकोटको नलगाड नगरपालिका २ डाडागाउँको जनक आधारभुत विद्यालयले ४७ सेट पुस्तक मागेको थियो । नगरपालिकाले अझै पुस्तक उपलब्ध गराएको छैन ।
‘विद्यार्थीले पुस्तक माग गरिरहेका छन् विद्यालयमा भए पो दिनु हामीले पनि नगरपालिकामा माग गर्ने हो’ प्रधानाध्यपक जयबहादुर वलीले भने ।

नगरपालिकका स्रोत व्यक्ति मणिराम पोखरेलले प्रदेशले नगरपालिकालाई आवश्यक पर्ने पुस्तक पठाए पनि स्टेशनरीबाट वितरण हुन बाँकी रहेको बताए । ‘विद्यालयलाई आवश्यक पुस्तक लिनको लागि भनिसकेका छौं । केही दिनमा विद्यार्थीले पुस्तक पाउँछन्’उनले भने । जागरकोटमा ४ सय २३ विद्यालयमा ५७ हजार ६ सय ८२ विद्र्याी भुकम्पबाट प्रभावित भएका छन् । कर्णाली प्रदेशले संघीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई आवश्यक पाठ्यपुस्तक उपलब्ध गराइदिनु पर्ने विवरण पठाइसकेको छ । दुबै जिल्लामा कक्षा १ देखि १० सम्म १४ हजार ६ सय ५ सेट पाठ्यपुस्तक आवश्यक रहेको भन्दै संघमा माग गरेको छ । कक्षा १ मा सबैभन्दा बढी १ हजार ९ सय १३ र सबैभन्दा कम कक्षा १० मा ९ सय सेट पाठ्यपुस्तक आवश्यक देखिएको प्रदेशले जनाएको छ ।
प्रदेश समाजिक विकास मन्त्रालयका सचिव भोजराज काफ्लले स्थानीय तहमा पाठ्यपुस्तक पठाइसकेको बताए ।

Copied: edukhabar

प्रतिक्रिया दिनुहोस्

Array