मकवानपुर बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउने निर्णय ।

शिक्षापाटी
शिक्षापाटी ५ पुष २०८०, बिहीबार
1 Min Read
Aa

पुस ४ गते, काठमाडौं । बागमती प्रदेश सरकारले हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसलाई प्रादेशिक बिश्वबिद्यालय बनाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले उक्त क्याम्पसलाई ‘बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय’ बनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैैठकले प्रदेशको केन्द्रीय क्याम्पसको रुपमा उक्त क्याम्पसलाई विकास गर्ने निर्णय गरेको बागमती प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए । ‘आज यही निर्णयको लागि मात्रै प्रदेशको मन्त्रिपरिषद् वैठक बसेको थियो । जसरी कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस छ, त्यसरी नै बागमती प्रदेशको प्रदेश विश्वविद्यालय मकवानपुर बहुमुखी हुन्छ’ उनले भने । केही दिनमा नै कार्यालय स्थापना गरेर विश्वविद्यालयको लागि प्रक्रिया सुरु गरिने मुख्यमन्त्री जम्कट्टेलले बताए ।

मकवानपुर बहुमुखी क्याम्पसमा अहिले त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातकमा मानविकी, वाणिज्य, शिक्षा र विज्ञान संकाय तथा स्नातकोत्तरमा वाणिज्य, मानविकी र शिक्षा संकाय पढाइ भइरहेको छ। विद्यार्थी संख्याका आधारमा प्रदेशकै सबैभन्दा ठूलो सामुदायिक क्याम्पसमा हाल ६ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।

Copied: Bidharthi.com

.

प्रतिक्रिया दिनुहोस्

Array