त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना

शिक्षापाटी
शिक्षापाटी २० पुष २०८०, शुक्रबार
1 Min Read
Aa

त्रिभुवन विश्वविद्यालयको कुलपतिबाट त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको उपकुलपति नियुक्ति गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो।

त्रिभुवन विश्वविद्यालयको ऐन २०४९ को दफा १८ को उपदफा २ बमोजिम गठित सिफारिस समितिबाट स्वीकृत त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि २०८० बमोजिम उम्मेदवार बमोजिम उम्मेदवार छनोटका लागि दरखास्त आह्वान गरेको छ ।

योग्यता पूरा गरेका इच्छुक नेपाली नागरिकबाट पुस २९ गते भित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यालय समयभित्र उक्त कार्यविधिको अनुसूचीमा रहेको दरखास्तको ढाँचामा दरखास्त पेस गर्न आह्वान गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि स्नातकोत्तर र विद्यावारिधि तहको शैक्षिक योग्यता भई विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्ने उल्लेख गरेको छ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० र दरखास्तको ढाँचा सोही कार्यविधिमा रहेको साथै उक्त कार्यविधि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट:  www.moest.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।

FB_IMG_1704417577240.jpg

प्रतिक्रिया दिनुहोस्

Array