त्रिभुवन बिश्वबिद्धालयको शैक्षिक क्यालेन्डर प्रकाशित (शैक्षिक क्यालेन्डर सहित)

शिक्षापाटी
शिक्षापाटी ५ माघ २०८०, शुक्रबार
2 Min Read
Aa

माघ, ५ गते काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार तथा समन्वय परिषदको निर्णय अनुरुप प्रकाशित शैक्षिक क्यालेन्डर प्रकाशित गरेको हो।

परिषद्को ३ माघमा बसेको बैठकले त्रिभुवन बिश्वबिद्यालयमा सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणाली अन्तर्गत स्नातक तह र सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहको शैक्षिक क्यालेन्डर २०८० कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ।

भर्ना र परीक्षाको प्रकृति भिन्न भएका अध्ययन संस्थान अन्तर्गत सञ्चालित वार्षिक तथा सेमेस्टर प्रणालीका शैक्षिक क्यालेन्डर सम्बन्धित डीन कार्यालयको वेबसाइटमा हेर्न सकिने बताइएको छ ।

बिश्वबिद्यालयले सार्वजनिक गरिएको शैक्षिक क्यालेन्डर अनुसार स्नातक तहको भर्ना आवेदन फारम श्रावण दोस्रो हप्ता देखि भाद्र तेस्रो हप्ता, कक्षा संचालन माघ ओअबिलो हप्ता, परीक्षा फारम जेठ अन्तिम साता, कक्षा समापन २०८१ श्रावण दोस्रो साता र परीक्षा भाद्र दोस्रो हप्ता सुरु गर्ने उल्लेख छ। त्यस्तै सेमेस्टर प्रणालीको भने प्रथम सेमेस्टरको २०८१ को वैशाखबाट हुने जानकारी दिएको छ। त्यसैगरी स्नातकोत्तर तहको प्रथम सेमेस्टरको परीक्षा २०८१ को असारमा क्यालेन्डरमा उल्लेख गरिएको छ।

यसअघि त्रिभुवन बिश्वबिद्धालयले माघ १५ गतेदेखि ट्रान्स्किप्ट लगाएत शैक्षिक प्रमाणपत्रको लागि अनलाइन मार्फत आवेदन दिन सकिने र हुलाक मार्फत घरसम्म पठाउने निर्णय गरिसकेको छ।

त्रिभुवन बिश्वबिद्यालयको समग्र सुधारको लागि भन्दै बिश्वबिद्धालय स्ववियु निरन्तर आन्दोलनरत छ।

यस्तो छ बिश्वबिद्धालय शैक्षिक क्यालेन्डर

FB_IMG_1705629681638.jpgFB_IMG_1705629683256.jpgFB_IMG_1705629684772.jpgFB_IMG_1705629686176.jpgFB_IMG_1705629687639.jpgFB_IMG_1705629689006.jpgFB_IMG_1705629690416.jpg

Copied: Bidharthi.com

प्रतिक्रिया दिनुहोस्

Array