आजबाट एसइई परीक्षा सुरु

शिक्षापाटी
शिक्षापाटी १५ चैत्र २०८०, बिहीबार
1 Min Read
Aa

आजबाट एसइई शुरु भएको छ। आज बिहीवार बिहान ८ बजेदेखि देशभर एसइई शुरु भएको हो। बिहान ८ बजेदेखि शुरु भएर बिहान ११ बजेसम्म ३ घण्टा सञ्चलन हुनेछ। आज पहिलो दिन अंग्रेजी (English) विषयको परीक्षा रहेको छ।

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैङ्गिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुनेछन्। परीक्षा चैत्र महिनाको २७ गतेसम्म सञ्चालन हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्

Array