योग्यताका आधारमा त्रिविका पदाधिकारीहरूको अबिलम्ब नियुक्त गर्न ४ पूर्वउपकुलपतिको आग्रह

शिक्षापाटी
शिक्षापाटी २५ चैत्र २०८०, आईतवार
1 Min Read
Aa

२३ चैत, काठमाडौं । त्रिभुवन विश्‍वविद्यालयका पूर्वउपकूलपतिहरूले योग्यताका आधारमा त्रिविका पदाधिकारीहरूको अबिलम्ब नियुक्त गर्न आग्रह गरेका छन् ।

शुक्रबार त्रिभुवन विश्वविद्यालयका पुर्व उपकुलपतिहरू महेशकुमार उपाध्याय, केदाभक्त माथेमा, कमलकृष्ण जोशी र नविनप्रकाश जङ्ग शाहले संयुक्त रुपमा वक्तव्य निकालेर यस्तो आग्रह गरेका छन् ।

वक्तव्‍यमा भनिएको छ, ‘.. योग्यताको आधारमा त्रिविका पदाधिकारीहरूको अविलम्ब नियुक्त गरेर उपकुलपतिको टीम पूरा गर्दै विश्वविद्यालयको नियमति काम सुचारू गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछौं।’

Copied: Online Khabar

प्रतिक्रिया दिनुहोस्

Array