विश्वविद्यालयको गल्ती विद्यार्थीलाई सास्ती

शिक्षापाटी
शिक्षापाटी १ जेष्ठ २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं विश्वविद्यालयको केही समयअगाडि भएको मेडिकलतर्फ तेस्रो वर्षको कमुनिटी मेडिसिन र अन्तिम वर्षको मेडिसिन प्रथम पत्रको प्रश्नपत्र बाहिरिएपछि विश्वविद्यालयले सम्पन्न परीक्षा पनि रद्द गर्‍यो र पुनः परीक्षा सञ्चालनको कार्यतालिका प्रकाशन गर्‍यो।

नयाँ कार्यतालिका प्रकाशित भएसँगै विश्वविद्यालयको कमजोरी बाहिरएको हो। नयाँ कार्यतालिकाअनुसार तेस्रो वर्ष र फाइनल दुवैको परीक्षा आउँदो बिहीबार हुने परीक्षा बोर्डले जनाएको छ।

काठमाडौं विश्वविद्यालयले एमबिबिएसको अन्तिम वर्षको मेडिसिनको प्रथम पेपर र तेस्रो वर्षको कमुनिटी मेडिसिनको परीक्षा वैशाखको तेस्रो र चौथो साता सञ्चालन गर्‍यो। जसमा विश्वविद्यालयको अनुगमन टोलीले विराटनगरस्थित नोवेल मेडिकल कलेजमा एउटा विद्यार्थीको प्रवेशपत्रमा ८० नम्बरको उत्तर लेखेर ल्याएको पाएको थियो। उत्तरपुस्तिकामा सारिरहेको फेला पारेपछि सोधखोज गर्दा परीक्षाअगावै सो प्रश्नपत्र किनेको उनले बताए।

स्वास्थ्य शिक्षाजस्तो संवेदनशील विषयमा विश्वविद्यालयमै लापरबाही किन? भन्ने प्रश्न उब्जिएको छ। ‘प्रश्नपत्र बाहिरिएको खबर आएपछि विश्वविद्यालयले छानबिन समिति गठन गरी अघि बढेको छ,’ विश्वविद्यालयका स्कुल अफ मेडिकल साइन्सका डिन प्राडा मनोज हुमागाईंले भने, ‘समितिले पनि प्रश्नपत्र परीक्षाअगावै बाहिरिएको ठहर गफ्यो।’

उनले विश्वविद्यालबाट प्रश्नपत्र छापी कलेजहरूको परीक्षा शाखामा भण्डारण गरिनु सुरक्षित नभएको बताए। ‘प्रश्नपत्र केन्द्र, वा कलेज कहीँबाट पनि बाहिरिनसक्ने सम्भावना देखियो। काभ्रे प्रहरीले छानविन गर्दै छ,’ उनले भने।

यता परीक्षा दिएर केही दिन भए पनि तनावबाट राहत पाएका विद्यार्थी पुनः परीक्षा दिनुपर्ने विश्वविद्यालयको रवैयाप्रति विरोध गरिरहेका छन्।

Copied: Nagarik Danik

प्रतिक्रिया दिनुहोस्

Array