शिक्षक सरुवा निर्देशिका सार्वजनिक । (निर्देशिका सहित)

शिक्षापाटी
शिक्षापाटी १६ जेष्ठ २०८१, बुधबार
3 Min Read
Aa

जेठ, १४ काठमाडौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सरुवा निर्देशिका सार्वजनिक गरेको छ । सामुदायिक बिद्यालयमा कार्यरत शिक्षकलाई सअरल, सहज, ब्यबस्थित, अनुमानयोग्य, वस्तुनिष्ठ र पारदर्शी बनाउन शिक्षक सरुवाको नयाँ निर्देशिका बनाइएको हो ।

मापदण्ड सार्वजनिक भएसँगै स्थगित गरिएको जिल्लान्तर शिक्षक सरुवा खुला गरिएको  छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको निर्देशनमा शिक्षक सरुवा व्यवस्थीत र पारदर्शि बनाउन साथै शिक्षक विद्यार्थीको अनुपात् मिलाउनका लागि शिक्षक सरुवाको नयाँ मापदण्ड बनाइएको हो ।

आइतवार मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत निर्देशिकामा शिक्षकले सरुवाका लागि आफै विभिन्न ठाउँमा धाउनुपर्ने व्यवस्था अन्त्य गर्दै आवश्यकता अनुसार शिक्षकको पद रिक्त भएपछि त्यसको जानकारी एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा राखेर सात दिनभित्र सम्बन्धित स्थानीय तहलाई जानकारी दिनु पर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

त्यस्तो सूचना स्थानीय तहले आफ्नो वेबसाइट समेत प्रकाशन गर्नु पर्नेछ । स्थानीय तहले अद्यावधिक गरेको रिक्त पदको विवरण केन्द्रले आफ्नो वेबसाइटमा सबैको जानकारीका लागि राख्नु पर्नेछ ।

त्यस्तै शिक्षक सरुवाका सम्बन्धमा कुनै गुनासो भए सरुवाको निर्णय गर्ने अधिकारी समक्ष गुनासो गर्न सकिने र ७ दिनभित्र त्यस्तो गुनासो सम्बोधन गरी शिक्षकलाई जानकारी दिनुपर्नेछ ।

निर्देशिकामा विशेष कारणको अवस्थाका शिक्षक (घातक रोग लागेका, अपाङ्गता भएका, तीन वर्षभन्दा सानो उमेरका बच्चाको आमा) र मातृशिशु स्वास्थ्य संवेदनशीलता भएका शिक्षकको हकमा विशेष कारणको अवस्थामा रहेका शिक्षक व्यवस्थापनसम्बन्धी कानुनी प्रबन्धबमोजिम सम्बन्धित इकाईबाट जान चाहेको विद्यालयमा दरबन्दी रिक्त भएमा जुनसुकै बखत सरुवा भई जानसक्ने व्यवस्था गर्न सकिने प्रावधान राखिएको छ ।

त्यसैगरी शिक्षक सरुवा लगायतका विषय सहज र सरल बनाई शिक्षकलाई थप प्रोत्साहित बनाउन मन्त्रालयले यसै वर्षको नीति तथा कार्यक्रम मार्फत एकीकृत विद्युतीय प्रणाली ‘शिक्षक पोर्टल’ बनाई आवश्यक सूचना एकै ठाउँमा प्राप्त सकिने छ। साथै उक्त पोर्टलमा शिक्षकले खुला पदहरू बारे जानकारी पाउने देखि स्थानान्तरणको आवेदन गर्न सक्नेछन् ।

जिल्लान्तर सरुवा मापदण्ड बनाउनका लागि केही दिन अगाडि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालाहरूसँग छलफल गरेकी थिइन ।

छलफलमा सहभागीहरूले जिल्लान्तर सरुवा बाह्रै महिना हुने व्यवस्थालाई शैक्षिक सत्रसँग मिलान हुनेगरी वर्षको एक पटक मात्र हुनुपर्ने, शिक्षक पदपूर्तिका लागि दरबन्दी लुकाएर विज्ञापनमा नपठाउनेलाई कारबाहीको प्रावधान, शिक्षकलाई पायक पर्ने र स्वार्थको द्वन्द्व नहुने ठाउँमा सरुवा गर्नुपर्ने लगायतका सुझाव दिएका थिए।

FB_IMG_1716794221381.jpg

Copied: Bidharthi.com

प्रतिक्रिया दिनुहोस्

Array