नेपाल गणित समाजको ४७औँ…वार्षिकोत्सब सम्पन्न

शिक्षापाटी
शिक्षापाटी ४ जेष्ठ २०८२, शनिबार
3 Min Read
Aa

नेपाल गणित समाजले आफ्नो स्थापना ( वि. स . २०३५ ) को ४७ औँ वार्षिकोत्सव गणित केन्द्रिय विभाग त्रि. वि . किर्तिपुरमा मनाएको छ। वार्षिकोत्सव समारोहमा समाजका ११० जना भन्दा बढी आजीवन सदस्य ज्यूहरु को उपस्थिति थियो । समाजका सभापति सह प्राध्यापक डा. श्रीराम खड्काको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका पूर्व उप प्रधान तथा परराष्ट्र मन्त्री एवम् GP Koirala Foundation का अध्यक्ष सुजाता कोइराला रहनुभएको थियो । अतिथिका रूपमा त्रि. वि गणित केन्द्रिय विभाग का प्रमुख , पूर्व सभापति तथा समाजका सल्लाहकार प्रा. डा. चेतराज भट्ट , समाजका पूर्व सभापति तथा समाजका सल्लाहकार प्रा. डा. नारायण प्रसाद पहारी, गणित केन्द्रिय बिभाग अल्मुनाई एसोसियसनका अध्यक्ष प्रा. डा. ज्ञान बहादुर थापा, नेपाल म्याथमेटिकटल साइन्सेस ट्रष्टका अध्यक्ष प्रा. डा. सिद्धिप्रसाद कोइराला , WONIMS का अध्यक्ष धन कुमारी थापा, नेपाल स्टाटिस्टिकल सोसाइटिका अध्यक्ष प्रा. डा. राम प्रसाद खतिवडा , नेपाल फिजिकल सोसाइटिका अध्यक्ष प्रा. डा. प्रदिप कुमार भट्टराई र नेपाल संस्कृत विश्वविद्यालयका प्रा. डा. दिनेश राज पन्त हुनुहुन्थ्यो ।
समाजका सचिव डा. रमेश गौतमले सञ्चालन गर्नु भएको कार्यक्रममा समाजका उपसभापति सह प्राध्यापक डा. परमेश्वरि कट्टेलले स्वागत गर्नुभयो भने समाजद्वारा गतवर्ष भरि गरिएका समग्र गतिबिधिहरु समेटिएको न्युज लेटरको विमोचन प्रमुख अतिथि कोइरालाले गर्नु भयो । समाजका सदस्य डा. हरि नन्दन नाथले न्युजलेटरमा समेटिएका मुख्य गतिविधिबारे समारोहका सहभागीहरूलाई अवगत गराउनुभयो । त्यसपछि समाजले विभिन्न शिर्षकमा स्नातकोत्तर , एम .फिल. र पिएच. डि. तहका विद्यार्थी एवम शोधार्थिहरुलाई प्रमुख अतिथि मार्फत अवार्ड, छात्रवृत्ति प्रदान गऱ्यो । कार्यक्रममा गतवर्ष बिधाबारिधि उपाधि हासिल गर्नुभएकाहरू तथा सेवानिबृत्त गणित विषयका प्राध्यापकहरुलाई सम्मान गरिएको थियो। आफ्नो मन्तव्यको क्रममा बोल्दै गणित केन्द्रिय विभागका प्रमुख प्रा. डा . भट्टले विभागले समाज संग MOU गरेर अघि बढिसकेको र गणितका क्षेत्रमा थप काम गर्न GP Koirala foundation संग समेत सहकार्य गरि अगाडि बढ्न आफूहरु आतुर रहेको बिचार राख्नुभयो भने त्यस पछि बोल्दै प्रमुख अतिथि कोइरालाले आफू गणित समाजका कार्यक्रमहरुबाट साऱ्है उत्साहित भएको र राष्ट्रको समम्र विकासका लागि विज्ञान र प्रविधिको आवश्यक पर्ने र त्यसका लागि गणितको विकास नभइ नहुने भएकाले आफू र Foundation सैदव गणित समाजसंग मिलेर काम गर्न तयार रहेको र छिट्टै MOU मार्फत नयाँ कार्यकम ल्याउने उद्घोष गर्नुभएको थियो । पहिलो चरणको औपचारिक कार्यक्रमलाई समापन गर्दै समाजका सभापति डा. खड्काले समाज सदैव गणित क्षेत्रमा काम गर्ने हरेक विद्यार्थी , शोधार्थी , शिक्षक र प्राध्यापकहरुको क्षमता अभिवृद्धि एवं उच्च मनोबलको विकासमा लागिरहने र यस क्रममा सबै सहयोगि निकायहरुसंग सहकार्य गरेर अगाडि बढने कुरा राख्नु भयो। कार्यक्रमको दोश्रो सत्र सह सचिव डा. नवराज अधिकारीको सञ्चालन र गणित केन्द्रिय विभागका पूर्व विभागिय प्रमुख प्रा. डा. केदार नाथ उप्रेतिको अध्यक्षतामा उत्कृस्ट पेपर अवार्ड प्राप्त पेपरको व्याख्यान प्रस्तुत भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्