त्रिविको आर्थिक घोटाला छानबिन गर्न माग

शिक्षापाटी
शिक्षापाटी ७ भाद्र २०७५, बिहीबार
1 Min Read
Aa

काठमाडौँ । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा भएको आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्दै माग गरेका छन्र ।
नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिले युएसएआइडीमार्फत मानवशास्त्र संकायका आएको रकम प्राध्यापकहरुले आर्थिक तथा नीतिगत भ्रष्टाचार गरेको भन्दै छानबिन गर्न माग गरेको हुन्र ।
उक्त समितिका सभापति हरि आचार्यले बुधबार आयोजित पत्रकारसम्मेलनमा विदेशी अनुदानबाट आएको करोडौँ रुपैयाँ अनुसन्धानमा खर्च नगरेर त्रिविका कर्मचारीले आफ्नो खल्तीमा हाल्ने गरेको आरोप लगाउनुभयो । “त्रिविका सम्पूर्ण विभाग विद्यार्थीको हित र पक्षमा बन्न सक्नुपर्छ, अध्ययन अनुसन्धानमा विभागहरु क्रियाशील हुनुपर्छ, त्रिविको लोगो र छापसमेत दुरुपयोग गरी वार्षिक लाखौँ रकम बुझ्ने काम भएको छ, उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array