युनेस्कोको सहयोगमा विद्यालय भवन निर्माण

शिक्षापाटी
शिक्षापाटी १८ कार्तिक २०७६, सोमबार
1 Min Read
Aa

बेझाड, १८ कात्तिक । पाल्पा रामपुर नगरपालिका–५ स्थित रामतुलसी माविको नवनिर्मित दुईकोठे पक्की भवन निर्माण भएको छ । जापानीज संस्था साइतामा युनेस्कोको सहयोगमा निर्मित भवन युनेस्कोका सेक्रेटरी मासाको होण्डाले आइतबार उद्घाटन गरेका छन्।

भवनको उद्घाटन गर्दै होण्डाले शिक्षा क्षेत्रमा लगानी गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै युनेस्कोको सहयोगमा सन् २०१९ मा निर्मित विद्यालय भवनमध्ये रामतुलसी माविको भवन ९२ औँ रहेको जानकारी दिए ।

जापानीज समाजसेवी काजुमासा काकीमी (ओकेबाजे) को पहलमा भवन निर्माणमा सहयोग जुटेको हो । ओकेबाजेले पाल्पाका विभिन्न विद्यालयमा भवन निर्माणमा आर्थिक सहयोग गरेको बताउँदै आफूले यस क्षेत्रमा बाँचुञ्जेलसम्म सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानाध्यापक बालकृष्ण लम्सालले साइतामा युनेस्कोको रु १२ लाख र विद्यालयको रु १४ लाख २७० गरी जम्मा रु २६ लाख २७० को लागतमा भवन निर्माण सम्पन्न भएको बताए ।रासस

प्रतिक्रिया दिनुहोस्

Array