सरकारले दियो विदेशी लगानीका कलेजलाई सच्चिन १५ दिने अल्टिमेटम

शिक्षापाटी
शिक्षापाटी २१ कार्तिक २०७६, बिहीबार
1 Min Read
Aa

काठमाडौँ, २१ कात्तिक।  सरकारले विदेशी लगानीमा नेपालमा सञ्चालन भएका निजी कलेजहरुलाई प्रक्रिया पूरा गर्न १५ दिनको अल्टिमेटम दिएको छ ।शिक्षामन्त्री गिरीराजमणि पोखरेलले बिहीबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएका हुन् । उनले १५ दिनभित्र सरकारले तोकेको मापदण्डअनुसार प्रक्रिया पूरा नगरे खारेज गर्ने चेतावनी समेत दिए ।

एजे वाइल्ड इन्स्टिच्युट एडभान्स इस्टडिज काठमाडाँै, व्रिजमाण्डु कलेज इन्टरनेश्नल सिनामंगल, मल्टी इन्टरनेश्लन काठमाडौँ, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर काठमाडौ, एभरेष्ट एजुकेसन फाउन्डेशन काठमाडौ, काठमाडौ भ्याली स्कुल काठमाडौँ, ओरिएन कलेज काठमाडौ, पेन्टागन एजुकेशन काठमाडौँ, एपेक्स लाइफ स्कुल काठमाडौँ साउथ वेस्टन स्टेट कलेज काठमाडौँ, स्काइ इन्टरनेशनल कलेज बुटवल, वेस्टन मेघा कलेज बुटवल, प्रस्टन कलेज धनगढी कैलाली प्रक्रिया पूरा नगरी सञ्चालनमा छन् ।

त्यस्तै कसमस इन्टरनेशनल कलेज पोखरा र बागमति बोडिङ स्कुल पोखरा पनि मापदण्डविपरित सञ्चालित रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array