चिसो बढेपछि घोराहीका विद्यालय दुई दिन बन्द

शिक्षापाटी
शिक्षापाटी २४ पुष २०७६, बिहीबार
1 Min Read
Aa

घोराही,२४ पुस  ।  अत्यधिक चिसो बढेपछि दाङको घोराही उपमहानगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ।चिसोका कारण बालबालिका विद्यालय जान नसक्ने गरी प्रभावित भएकाले नगरपालिकाले बिहीवार (आज) र शुक्रवार विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकूद महाशाखाले बुधबार एक सूचना जारी गर्दै वर्षे बिदा कट्टी हुने गरी बिहीवार र शुक्रवार बिदा दिएको जनाएको छ।

महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जारी गर्नुभएको सूचनामा चिसो बढेका कारण नगरभित्रका सामुदायिक र संस्थागत विद्यालय दुई दिन बन्द गरिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

Array