‘प्राध्यापकको वर्गीकरण आपत्तिजनक’

शिक्षापाटी
शिक्षापाटी ७ माघ २०७६, मंगलवार
1 Min Read
Aa

काठमाडौं,माघ ७।  सरकारले विश्वविद्यालयका प्राध्यापकको वर्गीकरण गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको उच्च शिक्षा ऐन, २०७६ को मस्यौदामा सो विषय उल्लेख छ ।

मस्यौदामा प्राध्यापकको मात्र वर्गीकरण वर्गीकरण गरिएको छ, सहायक, उप र सहप्राध्यापकका सम्बन्धमा कुरा गरिएको छैन ।

नेपाल प्राध्यापक संघका महासचिव सहप्राध्यापक नरेन्द्रप्रसाद शिवाकोटीले अध्ययन नै नगरी प्रध्यापकको वर्गीकरण गर्ने विषय समावेश गर्नु गलत भएको बताए ।‘क्याम्पसमा पढाउने सबैलाई प्राध्यापक भनी सम्बोधन गरेको भने फरक छैन, तर प्राध्यापकलाई मात्र वर्गीकरण गर्ने विषय आपत्तिजनक छ,’ उनले भने । यो समाचार आजको समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array