पूर्वनिर्धारीत सबै परीक्षा स्थगित

शिक्षापाटी
शिक्षापाटी ५ चैत्र २०७६, बुधबार
1 Min Read
Aa

काठमाडौं, ५ चैत । भोलिदेखि सुरु हुने भनिएको एसईई परीक्षा रोकिएको छ । कोरोनाभाइरसको संक्रमणको कारण परीक्षा स्थगित भएको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलका अनुसार भोलिदेखि हुने भनिएको परीक्षा रोकिएको हो । एसईई परीक्षामा देशभरका ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुँदै थिए ।

अर्को सूचना सार्वजनिक नभएसम्मका लागि परीक्षा स्थगित भएको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको सचिवालयले जनाएको छ ।

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई रोक्न भनेका थिए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री तथा  ईश्वर पाेखरेलले एसईई लगायतका सबै परीक्षा हालका लागि स्थगित गरिएको बताए।

‘एसईई लगायतका सम्पूर्ण परीक्षा स्थगित गरिएको छ’, कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, ‘पठनपाठन लगायतका सबै शैक्षिक गतिविधिहरु रोकिएको छ।’

यसअघि बुधबार दिउँसो बसेको समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको थियो।

सामाजिक तथा सांस्कृतिक र अन्य त्यस्तै कार्यहरु हुने पार्टी प्यालेस, मठमन्दिर, चर्च, गुम्बा, मस्जिदजस्ता धार्मिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसलाई भेला हुन बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ। सरकारले गरेका यी निर्णयको पालना भए नभएकोबारे प्रदेश र स्थानीय तहले अनुगमन गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

Array