कुनै तहका विद्यार्थी भर्ना नलिउ, अनलाइन कक्षाको पनि शुल्क नलिनू

शिक्षापाटी
शिक्षापाटी २२ बैशाख २०७७, सोमबार
1 Min Read
Aa

काठमाडौं, २२ बैशाख । शिक्षा मन्त्रालयले तत्काल विद्यार्थी भर्ना नलिन निर्देशन दिएको छ। सोमबार मन्त्रालयले कुनै पनि विद्यालयले कक्षा वा भर्ना नगर्न निर्देशन गरेको हो।

तयस्तै शिक्षा मन्त्रालयले भर्नाको नाममा शुल्क नलिन र अनलाइन पठन पाठनको नाममा शुल्क नलिन र बैंकमा पैसा जम्मा गर्न नलगाउन निर्देशन दिएको छ।

त्यसैगरी एसईई  र कक्षा ११ र १२ का परीक्षाहरु स्थगित गरेको अवस्थामा मन्त्रालयबाट वस्तुस्थिति सुक्ष्म अध्ययन परामर्श लिने कार्य जारी रहेको हुँदा परीक्षा सञ्चालन सम्बन्धनमा हालसम्म कुनै नयाँ निर्णय नभएको मन्त्रालयले जनाएको छ।

संस्थागत विद्यालयउहरुले माध्यामिक तहसम्मको एक महिनाको  शुल्कमध्य आवास शुल्कबाहेक अन्य प्रकारको शुल्क छुट दिने सरकारको निर्णय कार्यन्वयन गर्न अभिभावक तथा स्थानीय तहलाई जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्

Array