‘हेड सर’ अध्यक्ष रहेको समितिले कक्षा ११ को नतिजा प्रकाशन तथा प्रमाणीकरण यसरी गर्नेछ

शिक्षापाटी
शिक्षापाटी ९ श्रावण २०७७, शुक्रबार
3 Min Read
Aa

काठमाडौं, ९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा मूल्यांकन कार्यविधि स्वीकृत गरेको छ ।

कार्यविधिले कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनको जिम्मेवारी आधिकारिक रुपमा विद्यार्थी अध्ययनरत सम्बन्धित विद्यालयलाई नै दिएको छ । कार्यविधिमा विद्यालयले वार्षिक परीक्षा सञ्चालन गर्नुपूर्व उक्त परीक्षाको मिति र समयका बारेमा छिटो छरितो माध्यमबाट बोर्डका सम्बन्धित कार्यालयहरुलाई जानकारी गराउनु पर्ने स्पष्ट गरेको छ ।

कार्यविधिले परीक्षा सञ्चालन गरेर नतिजा प्रकाशन तथा नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्दा अपनाउनुपर्ने प्रक्रियाबारे समेत व्याख्या गरेको छ । कार्यविधिको परिच्छेद ३ ले विद्यार्थीको मूल्यांकन सम्बन्धि व्यवस्था गरेको छ । जसअनुसार कक्षा ११ मा नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीले मात्र परीक्षा लिन पाउने, विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि विषयहरु बोर्डमा रजिष्ट्रेसन गराउनुपर्ने र परीक्षाका लागि प्रश्नपत्र र उत्तरकुञ्जिका पनि विद्यालय आफैले तयार गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

यस्तै, त्यसका लागि बोर्डले तोकेको मापदण्ड पालना गर्नुपर्ने छ । कक्षा ११ को मूल्याङ्कन अक्षराङ्कन पद्धतिबाट नै हुने र कक्षा ११ मा जुन विषय अध्ययन गरेको हो विद्यार्थीलाई सोही विषयमा कक्षा १२ मा अध्ययन गर्न दिइने व्यवस्था कार्यविधिमा गरिएको छ । परिच्छेद ४ ले तीन सदस्यीय परीक्षा तथा प्रमाणिकरण समिति सम्बन्धि व्यवस्था गरेको छ । जस अनुसार सम्बन्धित विद्यालयका प्राचार्यको संयाजकत्वमा तीन सदस्यीय समिति रहनेछ । जसमा सम्बन्धित कक्षा शिक्षक र प्राचार्यबाट मनोनित अर्का एक/एक जना शिक्षकलाई सदस्य रहने व्यवस्था गरेको छ ।

सो समितिले सैद्धान्तिक तथा प्रयोगात्मक गरी दुई तरिकाले परीक्षाको मूल्याङ्कन गर्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ। जसअनुसार सैद्धान्तिकतर्फ प्रश्नप्रत्र निर्माण गर्दा हरेक विषयका लागि स्वीकृत पाठ्यक्रममा भएको व्यवस्थाअनुसार विशिष्टीकरण अनुरूप सबै पाठ्यभारलाई समेटने गरी विषय शिक्षक/विषय समितिबाट मूल्याङ्कन योजनाअनुसार प्रश्नपत्र निर्माण गराउनु पर्ने उल्लेख गरिएको छ ।

यस्तै, कार्यविधिले परीक्षा सञ्चालनका बारेमा पनि प्रष्ट व्यवस्था गरेको छ । जसअनुसार बोर्डले तोकेको मापदण्डअनुसार हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ । (परीक्षा सम्बन्धी मापदण्ड तल अनुसूची ७ मा दिइएकोछ ।) उत्तरकुञ्जिका निर्माण सम्बन्धि पनि कार्यविधिले भनेको छ, ‘प्रत्येक विषयको प्रश्नमा उल्लेखित हरेक प्रश्नले माग गरेको अङ्कभार अनुसार विषय शिक्षक/विषय समितिबाट अङ्कन योजना सहितको उत्तरकुञ्जिका निर्माण गराउने ।’

यसैगरी कायैविधिले सैद्धान्तिकसँगै प्रयोगात्मक मूल्याङ्कन सम्बन्धि पनि व्यवस्था गरेको छ । जसअनुसार विद्यालयहरूले बोर्डद्वारा जारी गरिएको प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क भर्ने सम्बन्धी नर्देशनअनुरूप सम्बन्धित विषय शिक्षक र वाह्य परीक्षकबाट प्रदान गरिएको अङ्कलाई प्रमाणित गर्नुपर्नेछ ।

वाह्य परीक्षक आवश्यक पर्ने विषयहरूमा फरक विद्यालयका सम्बन्धित विषय शिक्षकलाई वाह्य परीक्षकमा नियुक्ति गर्नुपर्नेछ । (कक्षा ११ का केही विषयहरूको प्रयोगात्मक परीक्षाको प्राप्ताङ्क चढाउने विवरण तल अनुसूची १० मा दिइएकोछ ।)

साथै कार्यविधिले कक्षा १२ को परीक्षामा सहभागी हुन विद्यार्थीले हरेक विषयको सैद्धान्तिक तर्फ डी प्लस र प्रयोगात्मक तर्फ सी ग्रेड ल्याउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array