एसईईको नतिजा सार्वजनिकः यसरी हेर्नुस आफ्नो नतिजा

शिक्षापाटी
शिक्षापाटी १ भाद्र २०७७, सोमबार
1 Min Read
Aa

काठमाडौं, १ भदौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

परीक्षा नियन्त्रक रामराजा खकुरेलले नतिजा सार्वजनिक गरिएको जानकारी दिए । यसअघि राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई परीक्षाको नतिजा प्रमाणिकरण गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमणका कारण एसईई परीक्षा हुन नसकेपछि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणिकरण गर्ने निर्णय गरेपछि नतिजा सार्वजनिक भएको हो ।

२० साउनमै परीक्षाफल सार्वजनिक गर्ने बोर्डको तयारी थियो । तर कोरोना संक्रमण बढेपछि बोर्डको बैठक बस्न सकेको थिएन ।

सरकारले नतिजा सार्वजनिक गर्न अनुमति दिएपछि नतिजा सार्वजनिक गरेको हो । यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थी सहभागी छन् ।

विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array