सिटिइभिटी अन्तर्गतका एसएलसीसरहका सिएमए, ल्याब असिस्टेन्ट, अनमी लगाएतका पढाई बन्द

शिक्षापाटी
शिक्षापाटी १० भाद्र २०७७, बुधबार
2 Min Read
Aa

काठमाडौं, १० भदौ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्‍चालित स्वास्थ्य विषयका प्राविधिक एसएलसीसरहका कार्यक्रम खारेज गर्ने निर्णय गरेको छ।

चिकित्सा शिक्षा ऐनको दफा ४२ मा टेकेर साउन ३० मा बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको बताएको हो। आयोगले दफा १५ (४)अनुसार परिषद्ले प्रमाणपत्र तहभन्दा मुनिका कुनै पनि कार्यक्रम यसैशैशिक्षक सत्रबाट संचालन नगर्ने नगराउने निर्णय गरेको छ।

आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले एसएलसीसरहका सबै कार्यक्रम खारेज गरिएको बताए। ‘एसएलसी सरहका अनमी, सिएमए, ल्याब असिस्टेन्ट लगायत कार्यक्रम अबको शैक्षिक सत्रबाट खारेज गर्ने निर्णय गरेका छौँ’, उनले भने।

योसँगै अनमी, सिएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ वटा कलेजको सम्बन्धन खारेज भएको छ। आयोगले स्तरोन्‍नति गर्नसक्ने अवस्थामा लचिलो बन्‍ने निर्णय गरेपछि धेरै कलेहरु प्रभावित हुनेछन्।

आयोगले विश्‍वविद्यालय प्रतिष्ठान र त्यस अन्तर्गतका शिक्षण संस्थाहरुले प्रमाणपत्र तहका कार्यक्रम यसै शैक्षिक सत्रदेखि सञ्चालन नगर्ने नगराउने र संचालमा रहेका यस्ता कार्यक्रमहरुको अध्ययन अवधि पूरा भएपपछि स्वतः फेजआउट हुने निर्णय गरेको छ।
यसअघि चिकित्साशिक्षा ऐन आउने समयमै यो विषयमा निकै ठूलो विवाद भएको थियो। ऐनमा समेत फेजआउट गर्दै जाने शब्द उल्लेख गरेर तोकिएअनुसार स्तरोन्‍नतिको व्यवस्था पनि गरिएको थियो।

तर प्रस्तावित चिकित्सा शिक्षा नियमावलीमा विषय मिल्ने अवस्थामा अपग्रेट वा गाभ्‍ने गरी खारेजीको व्यवस्था राखिए पनि नियमावली आउने समय त्यो पाटो नै हटेपछि अन्यो सिर्जना भएको थियो।

प्रतिक्रिया दिनुहोस्

Array