कतै विद्यालय खुले, कतै विद्यालय खुलाउन अलमल, कतै भने अनिश्चित

शिक्षापाटी
शिक्षापाटी १२ आश्विन २०७७, सोमबार
1 Min Read
Aa

काठमाडौं, १२ असोज । सरकारले कोरोना भाइरस कोभिड १९ को संक्रमण जोखिम रहुन्जेल सम्मलाई अनलाईन कक्षाहरु संचालन गर्ने र त्यसैलाई नै आधिकारिकता प्रधान गर्ने निर्णय गर्‍यो ।

यहि निर्णयहरुलाई मान्यता दिएर सहरका निजि विद्यालयहरुले चैत बाट नै कक्षाहरु संचालन गर्दै आएको बताएका छन् । तर नेपालमा सबै ठाँउमा भने जस्तो सजिलो गरेर अनलाईन कक्षाहरु संचालन गर्ने अबस्था छैन । कति पय ठाँउमात विधुतनै पुगेकाे अबस्था छैन ।

विधुतनै पुगेपनि विद्यालय संचालकहरुले भने भन्छन् ‘हाम्रा विद्यार्थीसँग पनि इन्टरनेट र डिभाइस भएन, हामीले किनेर दिन पनि सकेनौं’ यस्तो अबस्थामा हामी कसरी कक्षा चलाउन सक्छौं ? कुनै विकल्प नभएपछि चाहेर पनि विद्यार्थीलाई पढाउन सकेनौं भन्दै कतिपय विद्यालय खुलेका छन् ।

कतिपय विद्यालयहरु खुलाउन चाहेर पनि कुनै स्थानिय तहको नियम शिक्षा संग सम्बन्धित नियमहरु तथा स्वास्थ्य मापदण्डका विषयहरुसंग सम्बन्धित भएर खुलाउन सकेका छैनन् ।

तर कोरोना कम प्रभावित पहाडी जिल्लाका विद्यालयहरु भने आंशिक रुपमा खुल्न थालेका छन्  अब सबै विकल्पहरुलाई थाती राखेर विद्यालय खुलाउन लागिएकाे शिक्षकहरु बताउन्छन् ।

कोरोनाको धेरै प्रभाव परिरहेका जिल्लामा भने विद्यालयहरु खुलाउने विषयनै अनिश्चित छ । अनलाईन कक्षाहरु चलेका ठाँउमा चलेकै छ तर अन्य ठाँउमा निकै नै अनिश्चितता शिर्जना भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

Array