गजल-ती कोमल पाउहरु नछेकोस् कसैले

शिक्षापाटी
शिक्षापाटी २७ चैत्र २०७७, शुक्रबार
1 Min Read
Aa

गजल  –  पूर्ण भण्डारी “पवित्रदीप”
ती कोमल पाउहरु नछेकोस् कसैले ।
त्यो नाम म बाहेक नलेखोस् कसैले ।।
कसम मुटु भित्रै राखौँ जस्तो लाग्छ ।
उनीलाई कतै नदेखोस् कसैले ।।
भागौँ सानू हामी त्यस्तो ठाउँतिर ।
खोज्नेले नि कहीँ नभेटोस् कसैले ।।
प्रिय दृष्टि मेरा नजरतिरै परुन ।
मैले मात्रै देखुँ, नहेरोस् कसैले ।।
अरु हिँड्दा उनका पाइला बेगर टेकुन् ।
ती पादचाप् माथि नटेकोस् कसैले ।।
हे भगवान उनको प्रश्वास यतै आओस् ।
त्यो श्वासप्रश्वास नफेरोस् कसैले ।।
पवित्रदीप हो तिम्रो सिउँदो रंगाउने ।
मायाको डोरो त नबेरोस् कसैले ।।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: