भोलि पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

शिक्षापाटी
शिक्षापाटी २६ पुष २०७८, सोमबार
1 Min Read
Aa

काठमान्डौं, २६ पुस ।  सरकारले पुस २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मन्त्रालयमा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।

पछिल्ला दिन कोरोना संक्रमण ह्वात्तै बढेपछि आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।

सोही सिफारिसलाई कार्यान्वयनमा पठाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । भोलि देखि देशभरका सबै विद्यालयहरुमा पठनपाठन हुने छैन । अब अनलाइन विधि बाट अध्ययन अध्यापन गराउनका साथै जाडो विदाको समय समेत यसैमा समावेश हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array