मेरो देश नेपाल

शिक्षापाटी
शिक्षापाटी २८ चैत्र २०७८, सोमबार
1 Min Read
Aa

बुटवल , २८ चैत
सास रहुन्जेल आट रहनेछ आमा
मरेर गएतापनी वीर गोर्खालीको छाप रहनेछ आमा ।
उदास नहुनु तिमी छिमेकिले मिच्यो भनेर नेपालि भुमी छ र नेपालीको सास रहनेछ आमा ।
सास रहुन्जेल आट रहनेछ आमा
मरेर गएतापनी वीर गोर्खालीको छाप रहनेछ आमा ।।
कालापानी लिपुलेक हाम्रै त हो नि
हाम्रो भुमी हाम्रै साथ रहनेछ आमा ।
सास रहुन्जेल आट रहनेछ आमा
मरेर गएतापनी वीर गोर्खालीको छाप रहनेछ आमा ।।
केही दिन धैर्य गर्नु तिमी
बिजयको फुलमालामा नेपालिको हात रहनेछ आमा ।
सास रहुन्जेल आट रहनेछ आमा
मरेर गएतापनी वीर गोर्खालीको छाप रहनेछ आमा ।।
लेखक – कृष्ण प्रसाद डुम्रे

प्रतिक्रिया दिनुहोस्

Array