जनगणना मा मेरो अनुभव

शिक्षापाटी
शिक्षापाटी २९ चैत्र २०७८, मंगलवार
3 Min Read
Aa

केशब भुसाल ।
बुटवल ,२९ चैत  ।  समय तेस्तो चिज हो जुन सदुपयोग गर्न सक्नु पर्दो रहेछ अनुभब एक उदाहरण हो जुन अबिश्मरणिय हुन्छ ।
नमस्कार म केशव भुसाल हाल स्नातकोत्तर गर्दैछु जब म सुपरिवेक्षक को लागि नियुक्ति भए त्यस पस्चात पहिलो चरण को घर तथा घर परिवार सूचीकरण विवरण संकलन गर्न तालीम लिएर गणना क्षेत्र तर्फ लागियो ।
परिबार सूचीकरण तयार पार्न प्रत्येक घरमा जानु पर्थ्यो । घर घर गएर गणना गर्दा केइ तिता केइ मिठा अनुभव लिने मौका मिल्यो ।
घर घर गएर ढोका ढगढग गर्दा घण्टी भएको ठाउमा घण्टी बजाउदा झिजो मान्ने परिबारको संख्या बडि नै थियो कारण थियो जनगणना को नाममा अन्य निकाय तथा संघ सस्थाले विवरण संकलन गरेर गएको हुनाले उहाहरुको भनाइ थियो कति पटक दिनि होर जनगणना ?तेस्तै कतिपय घरमा केइ विवरण सोधपुछ गर्नु पर्ने थियो उक्त विवरण लिदा झर्को मान्नुहुन्थियो जस्तो तपाइको बैंक खाता छ भन्दा किन चाइयो र? अनि लोन लिनु भाको छ भन्दा तिर्दिनि हो र ?
जस्ता जबाफ उत्तरदाताबाट आउन्थियो ! कतिपय घरमा विवरण लिन 2/3 पटक सम्म गएर लिनु पर्थियो कारन थियो कहिले उहाहरु नभेटिने त कतिपय भोलि आउनुस भन्नु हुन्थियो !!
 
कतिपय घरमा खाजा नास्ता खुलाएर खुसी पारेर पठाउनु हुन्थियो भने कतिपय ठाउमा गेट बाहिर बाट पनि गणना लिएको अबस्था थियो , कतिपय ठाउमा बाबु मेरो छुट्यो कि भन्नु हुन्थियो ।
जे होस प्रत्येक १0/१0 बर्षमा हुने गणना गर्न पाउदा म भने उत्साहित नै थिए । जनगणना गर्दा समाज जात जाति रहनसहन र विभिन्न ब्यक्ति सग भलाकुसारी गर्दा मज्जा भने बेग्लै थियो ! र आफुलाइ नि बोल्ने शैली र ब्यक्ति अनुसार आफुला ढालेर बोल्न सिकियो ।
जनगणना को दौरानमा गणना लिन ठुलो ठुलो घरमा भन्दा सानो सानो झुपडी मा लिन अलिक सहज थियो र अलिक पढेका बुद्धिजीवी भन्दा सामान्य पढेका आमाबुबा दाजुभाइ सग गणना लिन सजिलो भयो अलिक पढे लेखेकोले खै किन हो 1/2 ठाउमा माग्न आए जस्तो ब्याबहार देखाउनु हुन्थियो । अन्त्यमा तितामिठा रमाइला नरमाइला क्षण बटुल्दै गणना गरियो।
“मेरो गणना मेरो सहभागीता” धन्यवाद केन्द्रिय तथ्यांक बिभाग र सम्पुर्ण सर मेडम मलाई जनगणना २०७८ मा सुपरिवेक्षक पदमा आफ्नो स्थान दिनु भएकोमा धन्यवाद । केशव भुसाल बुटवल उपमहानगरपालीका ११ देबिनगर ।। जनगणना २०७८ सुपरिवेक्षक।।
 

प्रतिक्रिया दिनुहोस्

Array