जहाँ दलितले कक्षा १२ सम्म निःशुल्क पढ्न पाउँछन्

शिक्षापाटी
शिक्षापाटी २२ जेष्ठ २०७९, आईतवार
1 Min Read
Aa

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित सिद्धबाबा माध्यमिक विद्यालयमा दलित समुदायका विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिँदै आएको छ । वडा कार्यालयको पहलमा दलितले उच्च माध्यमिक तहसम्म निःशुल्क अध्ययनको सुविधा पाएका हुन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा रेसुङ्गा–८ को वडाध्यक्षमा निर्वाचित भरत भलामीले पदभार ग्रहण गर्दा दलित, अति विपन्न र एकल महिलाका छोराछोरीलाई कक्षा १२ सम्म  निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा गरेका थिए । आफ्नो कार्यकालभरि उनले उक्त घोषणा कार्यान्वयन गरे ।

प्रतिक्रिया दिनुहोस्

Array