राजर्षि जनक विश्वविद्यालयका विद्यार्थी आन्दोलित

शिक्षापाटी
शिक्षापाटी २५ असार २०८०, सोमबार
1 Min Read
Aa

जनकपुरधाम । जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । भिसी, रजिष्ट्रार, डीन र प्रमुख नियुक्त गर्न माग गर्दै उनीहरू आन्दोलित भएका हुन् ।सरकारलाई विश्वविद्यालयको रिक्त पद र क्याम्पस प्रमुख नियुक्त गर्न माग गर्दै आन्दोलित विद्यार्थीहरुले आइतबार जनकपुरधामस्थित सडकमा प्रदर्शन गर्दै एक घण्टा चक्काजाम गरेका हुन् ।

विद्यार्थीहरुले १८ महिनादेखि विश्वविद्यालयमा भिसी, रजिष्ट्रार र डीनको पद रिक्त रहेकाले पदपूर्ति गर्न माग गरेका छन् । त्यस्तै ४ महिनादेखि क्याम्पस प्रमुख नभएका कारण विश्वविद्यालयको अवस्था अस्तव्यस्त भएको विद्यार्थीहरुको आरोप छ ।

यसअघि नै प्रधानमन्त्री, संघीय शिक्षामन्त्री, मधेस प्रदेशका मुख्यमन्त्री, धनुषाका सीडीओ र जनकपुरधाम उपमहानगरपालिकाका मेयरलाई पनि विश्वविद्यालयको अवस्थाबारे ज्ञापन पत्रमार्फत आवश्यक पहलकदमी लिन उनीहरुले आग्रह गरेका थिए ।

विश्वविद्यालय र क्याम्पसको अवस्थाप्रति सरकार गम्भीर नभएपछि आन्दोलन गर्न बाध्य भएको राजर्षि जनक विश्वविद्यालय संघर्ष समितिका सन्तोष यादवले बताए ।

उनले माग पूरा नभए थप आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउने चेतावनीसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्

Array