कृषिमन्त्रीको राजीनामा माग्दै कालीमाटी तरकारी बजारमा किसानको प्रदर्शन

शिक्षापाटी
शिक्षापाटी ८ श्रावण २०८०, सोमबार
1 Min Read
Aa
८ साउन, काठमाडौं । कालिमाटी तरकारी बजारका सटर पुनः भाडामा दिने सम्झौता खारेजीको माग राखेर किसानहरु आन्दोलित भएका छन् ।

सोमबार ९ वटा किसान संघसंगठनसँग आवद्ध राष्ट्रिय किसान सञ्जालले सोमबार कालिमाटी तरकारी बजारमा प्रदर्शन गरेको हो ।

उनीहरुले कृषिमन्त्री वेदुराम भुसालको राजीनामा माग गर्दै कालिमाटी र बालाजु तरकारी बजारको भाडा सम्झौता खारेज गर्न माग गरेका छन् ।

तरकारी बजारका सटर र स्टलहरु खुल्ला प्रतिस्पर्धाका अधारमा भाडामा लगाउनुपर्ने, विना प्रतिस्पर्धा भाडामा दिन सम्झौता खारेज गर्नुपर्ने, ५० प्रतिशत सटर र स्टलहरु उत्पादक किसानलाई छुट्याउनुपर्ने, किसान र उपभोक्ता हित विरोधी निर्णय खारेज गर्नुपर्ने, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन् ।

copied: Online Khabar

प्रतिक्रिया दिनुहोस्

Array