प्रधानाध्यापकबारे विद्यालय व्यवस्थापन समिति महासंघले के भन्यो ?

शिक्षापाटी
शिक्षापाटी २८ श्रावण २०८०, आईतवार
2 Min Read
Aa

काठमाडौं— सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले वडा अध्यक्ष वा वडा सदस्यलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन नहुने बताएको छ ।

संसदमा टेबुल गरिन लागेको शिक्षा विधेयकमा वडा अध्यक्ष वा निजले तोकेको वडा सदस्य विद्यालयको अध्यक्ष हुने व्यवस्था गरिएको छ ।

व्यवस्थापन समिति महासंघले शुक्रबार पत्रकार सम्मलेन गरेर अभिभावकलाई नै अध्यक्ष बनाउनु पर्ने माग अघि सारेको हो । शिक्षक महासंघले पनि अभिभावकबाटै वडाध्यक्ष चयन हुने व्यवस्था गरिनुनपर्ने धारणा राखेको छ ।

व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मुक्तानले अभिभावक भेलामार्फत अध्यक्ष चुनिनुपर्ने बताए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्षको कार्यकाल ५ वर्षे हुने र विद्यालयमा प्रधानाध्यापक नियुक्ति गर्दा समितिको निर्णायक भूमिका हुनु पर्ने बताए ।

शिक्षक महासंघले शिक्षक सेवा आयोगको सिफारिसमा प्रअ चयन र नियुक्ति हुनुपर्ने जनाएको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका मागहरू

१. समुदायको स्वामित्व र अगुवाइमा सञ्चालन हुने विद्यालय सामुदायिक विद्यालय हो संघीय शिक्षा ऐनमा सामुदायिक विद्यालय लेखियोस् ।

२. विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा अभिभावक हुनुपर्छ र अभिभावक भेलामार्फत विद्यालय व्यवस्थापन समिति गठनको प्रबन्ध राखियोस् ।

३. जनप्रतिनिधि र प्रधानाध्यापकको जस्तै विद्यालय व्यवस्थापन समितिको पदावधी पाँच वर्ष कायम गरियोस् ।

४. खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनौट गर्दा विद्यालय व्यवस्थापन समितिको निर्णायक सहभागिता रहने व्यवस्था गरियोस् ।

५. सामुदायिक विद्यालय सञ्चालन, व्यवस्थापन र सुधारमा स्वयंसेवी रुपमा क्रियाशील विद्यालय व्यवस्थापन समितिहरुको राष्ट्रिय छाता संगठन सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको भूमिकालाई संघीय शिक्षा ऐनमा व्यवस्था गरियोस् ।

copied: newsgriha

प्रतिक्रिया दिनुहोस्

Array