निजी विद्यालयतर्फ प्रसादी एकेडेमी मुलुककै सर्वोत्कृष्ट शिक्षण संस्था

शिक्षापाटी
शिक्षापाटी २ आश्विन २०८०, मंगलवार
2 Min Read
Aa

ललितपुरको प्रसादी एकेडेमी निजी (संस्थागत) विद्यालयतर्फ मुलुककै सर्वोत्कृष्ट विद्यालय बन्न सफल भएको छ ।

राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक विशेष समारोहमा विद्यालय शिक्षामा आफूलाई सदैव शीर्ष स्थानमा राख्न सफल प्रसादी एकेडेमी निजीतर्फ सर्वोत्कृष्ट हुँदै पुरस्कृत भएको हो । प्रसादीले राष्ट्रिय शिल्ड, ध्वजा र तीन लाख राशिको पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ ।

गत असार २१ गते केन्द्रबिन्दु डटकमले राष्ट्रिय परीक्षा बोर्डले उपलब्ध गराएको तथ्यांकको आधारमा मुलुकका ‘उत्कृष्ट प्लस टु शैक्षिक संस्था’ घोषणा गर्दा शिर्ष स्थानमा रहेको प्रसादी एकेडेमीलाई नेपाल सरकार शिक्षा मन्त्रालयले सर्वाेत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत गरेको हो । यसबाट विद्यालय शिक्षामा प्रसादी एकेडेमी नम्बर वान हो भन्ने पुष्टिसमेत भएको छ । केन्द्रबिन्दु डटकमले प्रकाशन गरेको सूची अनुसारकै शिक्षालयहरु सेन्ट जेभियर्स माइतिघर र अन्य सामुदायिक विद्यालयहरु पनि सरकारले प्रदान उत्कृष्ट शिक्षालय पुरस्कारबाट पुरस्कृत भएका छन् ।

तत्कालिन उच्च माध्यमिक शिक्षा परिषदले वितरण गर्ने नेसनल एक्सिलेन्स अवार्ड सबैभन्दा धेरै पटक हासिल गर्ने शिक्षालयको रुपमा प्रसादीको नाम दर्ज छ ।

‘एकल कार्यक्रम एकल व्यवस्थापन’ भन्ने मुल मन्त्रका साथ सन् १९९७ मा खुलेको प्रसादी एकेडेमीले उच्च शैक्षिक मापदण्ड कार्यान्वयनमा ल्याएकैले सतप्रतिशत नतिजा दिन सफल छ । प्रसादीको शैक्षिक परिणाम २० वर्ष यता निरन्तर सर्वोत्कृष्ट छ । यसअघि प्रसादीले चारपटक नेसनल एक्सिलेन्स अवार्ड प्राप्त गरिसकेको छ । तत्कालिन उच्च माध्यमिक शिक्षा परिषदले वितरण गर्ने नेसनल एक्सिलेन्स अवार्ड सबैभन्दा धेरै पटक हासिल गर्ने शिक्षालयको रुपमा प्रसादीको नाम दर्ज छ ।

निरन्तर शैक्षिक परिणाममा आफूलाई सधैं अब्बल राख्न प्रसादीले शिक्षण विधिलाई समयअनुकूल परिमार्जन गर्ने गरेको छ ।

प्रसादीले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायमा पठनपाठन गराउँदै आएको छ । निरन्तर शैक्षिक परिणाममा आफूलाई सधैं अब्बल राख्न प्रसादीले शिक्षण विधिलाई समयअनुकूल परिमार्जन गर्ने गरेको छ ।

 

कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रसादी एकेडेमीका प्राचार्य विक्रम राईलाई सवोत्कृष्ट शिक्षालयको पुरस्कार तथा सम्मानपत्र शिल्ड प्रदान गरेका थिए ।

यस्तै, निजी विद्यालयतर्फ द्वितीय हुने काठमाडौँको सेन्ट जेभियर्स कलेजले रु दुई लाख र तृतीय भई काठमाडौँकै बूढानीलकण्ठ स्कुलले रु एक लाख राशिको पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको छ ।

नेपालकै उत्कृष्ट ‘प्लस टु’ शैक्षिक संस्थाहरु

Copied: kendrabindu

प्रतिक्रिया दिनुहोस्

Array